आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं, असार २१ : एकदिवसीय क्रिकेट श्रृंखला अन्तर्गत आज नेपाल र क्यानडाबीच पहिलो खेल हुँदै छ।क्यानडाको किंग सिटीमा आज राति ८ः४५ बजे नेपाल...
काठमाडौं, असार २१ : एकदिवसीय क्रिकेट श्रृंखला अन्तर्गत आज नेपाल र क्यानडाबीच पहिलो खेल हुँदै छ।
क्यानडाको किंग सिटीमा आज राति ८ः४५ बजे नेपाल र क्यानडा पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन्। क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधबार दोस्रो खेल खेल्नेछ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीले एकदिवसीय श्रृंखलाअघि अभ्यास खेल खेलेको छ। स्थानीय क्लब ओन्टारियोसँग दुई वटा अभ्यास खेल खेलेको थियो।
क्यानडासँग एकदिवसीय श्रृंखलापछि नेपाल आईसीसी लिग२ का खेलका लागि स्कटल्यान्ड जानेछ। त्यहाँ स्कटल्यान्ड र नामिबयासँग त्रिकोणात्मक श्रृंखलामा प्रतिस्पर्धा गर्नेछ।
स्कटल्यान्डमा नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति: ०७:५० बजे, मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











