Kathmandu Press

करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु

काठमाडौं, असार २० : देशका विभिन्न  भागमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा लेबर...
करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु

काठमाडौं, असार २० : देशका विभिन्न  भागमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका ६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा लेबर काम गर्ने सोही उपमहानगरपालिका ९ बस्ने ४५ वर्षीय लाल बहादुर नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । घर निर्माणका लागि रड काट्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै गुल्मीको मुसिकोट नगरपालिका १ सिंग्ले सलुनीटोल बस्ने ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घर नजिकैको मकै बारीमा बाँदर कुर्न जाने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारमा छुँदा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

यस्तै बाराको परवानिपुर गाउँपालिका–५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नारायणी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: २१:०० बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्