Kathmandu Press

नम्बर प्लेट र लाइसेन्समा देखिएको समस्या अध्ययन गर्न समिति गठन गरिने 

काठमाडौं, असार २० : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका बिषयमा...
नम्बर प्लेट र लाइसेन्समा देखिएको समस्या अध्ययन गर्न समिति गठन गरिने 

काठमाडौं, असार २० : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका बिषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गर्ने भएका छन् । 

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राइले इम्बोस्ड नम्बर प्लेटमा अन्यौलता देखिएको र डिजिटल सवारी चालक अनुमति पत्र समयमा नै प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका हुन् । 

दुई वटै कार्यदललाई प्रतिबेदन बुझाउन १५ दिनको म्याद दिएको र समितिको प्रतिवेदनका आधारमा समस्या समाधानको बाटोमा अघि बढिने उनले बताए । मेकानिजम तयार नपारी इम्बोस्ड नम्बर प्लेट जबर्जस्ति लागू गर्न खोजिएकाले विवाद भएको उनको भनाई छ । 

उनले समयमा नै आयोजना पुरा नहुने प्रवृतिलाई अन्त्य गर्ने दावी गरे । उनले पूर्वाधार निर्माण आयोजनाको अवस्थाका बारेमा पनि अध्ययन गर्न समिति बनाइएको जानकारी दिए । 

प्रकाशित मिति: १९:४१ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्