Kathmandu Press

आगामी निर्वाचनमा गठबन्धन भन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्छ : प्रचण्ड 

काठमाडौं, असार १९ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले आगामी निर्वाचनमा गठबन्धनसंग मात्रै भर नपरेर पार्टीलाई पनि थप बलियो बनाउनुपर्ने...
आगामी निर्वाचनमा गठबन्धन भन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्छ : प्रचण्ड 

काठमाडौं, असार २० : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले आगामी निर्वाचनमा गठबन्धनसंग मात्रै भर नपरेर पार्टीलाई पनि थप बलियो बनाउनुपर्ने धारणा राखेका छन् । 

सोमबार काठमाडौंमा बसेको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने सदस्यहरुले यसअघिको स्थानीय निर्वाचनमा प्रभावकारी रुपमा तालमेल हुन नसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धन भन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका हुन् । 

गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको भन्दै उनीहरुले यस बिषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने समेत बताएका छन् । बैठकको दोश्रो दिन ४१ जना सदस्यहरुले पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राखेको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए ।

उनले केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग समेत बैठकमा उठेको बताए । मंगलबार बस्ने बैठकमा प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पार्टी अध्यक्षले दिने उनको भनाई छ । 

माओवादी बैठक मंगलबार ११ बजे पुन बस्ने र मंगरबार नै सम्पन्न गर्ने तयारी रहेको माओवादीले जनाएको छ ।

 

प्रकाशित मिति: १९:०३ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्