Kathmandu Press

सिसिटिभी फुजेट नराख्नेमाथि प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्छ : महामन्त्री थापा

काठमाडाैं, असार २० : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सिसिटिभीको फुजेट नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन्।सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा...
सिसिटिभी फुजेट नराख्नेमाथि प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्छ : महामन्त्री थापा

काठमाडाैं, असार २० : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सिसिटिभीको फुजेट नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन्।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराइएको बिषयमा गम्भीर चर्चा हुँदा पनि सिसिटिभिको फुजेट १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने बताएका हो ।

उहाले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राखे। संसदले पारित गरेको बजटेको करको बिषय सामान्य कुरा नभएको भन्दै उहाले यसलाई छानविनबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने जिकिर गरे।

उनले  तीन महिनाको सिसिटिभिको फुजेट राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए। 

प्रकाशित मिति: १८:२७ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्