जबरामाथिको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुन्छ : कानुनमन्त्री
काठमाडाैं, असार २० : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसदमा छलफल हुने बताएका...
काठमाडाैं, असार २० : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसदमा छलफल हुने बताएका छन्।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाले महाअभियोगलाई छिटै संसदमा छलफल चलाईने बताएका हुन्। उनले यस बिषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसदको चालू अधिवेशनमा नै छलफल हुने जिकिर गरे।
प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन। महाअभियोग प्रस्ताव दर्ता भएसंगै जबरा निलम्बनमा छन्।
प्रकाशित मिति: १८:२२ बजे, सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











