Kathmandu Press

ऋत बाँस्केटबलमा ९६ टोली

काठमाडाैं, असार २० : ऋत एकेडेमीको आयोजनामा ‘ऋत एसइई कप थ्री बाइ थ्री’ बाँस्केटबल प्रतियोगिता मङ्गलबारदेखि हुने भएको  छ।प्रतियोगितामा छात्रतर्फ ८० र छात्रामा...
ऋत बाँस्केटबलमा ९६ टोली

काठमाडाैं, असार २० : ऋत एकेडेमीको आयोजनामा ‘ऋत एसइई कप थ्री बाइ थ्री’ बाँस्केटबल प्रतियोगिता मङ्गलबारदेखि हुने भएको  छ।

प्रतियोगितामा छात्रतर्फ ८० र छात्रामा १६ गरी ९६ टोलीको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जानकारी दिए।

छात्ररछात्रामा समान नगद पुरस्कार राखिएको छ। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार ५०० नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यसबाहेक छात्ररछात्रा दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत लामाले बताए।

ऋतमा ‘प्लस–२’ अध्ययन गर्न इच्छुकलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि सो बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ।

नकआउट आधारमा हुने दुई दिने प्रतियोगिताका खेलहरू बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ।

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्