नवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं, असार २० : जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) मृगेन्द्रकुमार सिंह...
काठमाडौं, असार २० : जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी थिइन्।
नवनियुक्त मन्त्रीहरुलाई सोमबार साँझ राष्ट्रपति भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।
जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएर नयाँ टिम पठाएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।
यसअघि नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको यो छैटौंपटक मन्त्रीमण्डल पुनर्गठन हो।











