Kathmandu Press

श्रममन्त्री कुँवर र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं, असार २० : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।मन्त्रालयमा आज...
श्रममन्त्री कुँवर र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं, असार २० : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

मन्त्रालयमा आज (सोमबार) भएको भेटवार्ता भारतमा काम गर्ने नेपाली कामदारको सुरक्षाबारे छलफल भएको जनाइएको छ।

मन्त्री कुँवरले भारतमा रहेका नेपाली कामदारका समस्या समाधान र सुरक्षाका लागि सहकार्य गर्नुपर्ने बताएका थिए। भारतीय राजदूत श्रीवास्तवले भने भारतमा रहेका नेपाली कामदारको सुरक्षाका लागि आफूहरूले योजना बनाएर काम गरिरहेको बताए।

भेटमा मन्त्री कुँवरले नेपाल–भारतबीच वर्षौंदेखिको सामाजिक, पारस्परिक सम्बन्ध रहेकाले आगामी दिनमा पनि यस किसिमको सम्बन्धलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्