अर्थमन्त्री जनार्दन शर्माबाट नैतिकताको अपेक्षा राखेका छैनाैं : विशाल भट्टराई
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्माबाट नैतिकताको अपेक्षा नराखेको बताएका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले अर्थ मन्त्रालयका बारेमा...
काठमाडाैं, असार २० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्माबाट नैतिकताको अपेक्षा नराखेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले अर्थ मन्त्रालयका बारेमा विभिन्न विषयमा कुरा उठ्दा पनि पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित रहेको तर अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा नरहेको बताएका हुन्।
उनले करका विषयमा छानबिन गर्न एमालेले माग गर्दा पनि १३ दिनमै सिसीटिभी फुटेज डिलिट गर्नु नियोजित भएको जिकिर गरे। उनले गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सिसीटिभी फुटेजहरु तीन महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको भन्दै १३ दिनमै डिलिट हुनुको कारणबारे समेत जवाफ दिनुपर्ने धारणा राखे।
उनले यस विषयमा संसदीय छानबिन समिति गठन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए।











