Kathmandu Press

पछिल्लो हप्ता मात्रै कोरोना संक्रमित ३२५ पुगे, सजगता अपनाऔँ  

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार, भारत लगायत विदेशबाट नेपाल प्रवेश गर्नेलाई परीक्षण गर्दा कोभिड– १९ को पुष्टि हुने दर बढेको छ।
पछिल्लो हप्ता मात्रै कोरोना संक्रमित ३२५ पुगे, सजगता अपनाऔँ  

काठमाडौं, असार २० : पछिल्लो साताको तथ्यांक हेर्दा हामीकहाँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । असार ११ गते २७ जनामा कोराना पुष्टि भएकामा आइतबार (असार १९) मा दुई हजार एक २० जनामा परीक्षण गर्दा ५३ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।   

स्वास्थ्य मन्त्रालयका अनुसार, असार १२ गते २९ जनामा, १३ गते ४१ जनामा, १४ गते ४४ जनामा, १५ गते साताकै बढी ६२ जनामा, १६ गते ५५ जनामा १७ गते ५० जना र १८ गते शनिबार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी हेर्दा यो हप्ता मात्रै संक्रमितको संख्या ३२५ पुगेको छ । 

Hardik ivf

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार, भारत लगायत विदेशबाट नेपाल प्रवेश गर्नेलाई परीक्षण गर्दा कोभिड– १९ को पुष्टि हुने दर बढेको छ । सम्भावित जोखिम कम गर्न सबैले सतर्कता अपनाउँदै जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न आवश्यक रहेको उनले बताइन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार, अहिले संक्रमण बढ्नुलाई ओमिक्रोनको नयाँनयाँ स्वरूप अर्थात् उत्परिवर्तन भनिएको छ । ‘अहिले पहिलो लहर, दोस्रो लहरभन्दा भयावह अवस्था आएको भनेर सुनेका छैनाँै । अघिल्ला लहर हेरी यसपालि संक्रमितको संख्या केही तल–माथि हुन भने सक्छ,’ उनी भन्छन्, ‘केही व्यक्तिमा जटिल अवस्था पनि आउन सक्छ । ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सकेसम्म संक्रमण हुन नदिने उपाय अपनाउनुपर्छ ।’ 

आत्तिनैपर्ने अवस्था नभए पनि अहिले जोखिम शून्य अवस्था होइन, त्यसैले सजगता अपनाउन आवश्यक रहेको उनको भनाइ छ । 

उनका अनुसार, कोरोनाविरुद्धको खोप नलगाएका वा खोप लगाएको लामो समय भएका व्यक्तिमा संक्रमण हुने सम्भावना बढी रहन्छ । 
चिकित्सकका अनुसार, कोरोना संक्रमण हुनबाट जोगिन भीडभाडमा नजाने, माक्सको प्रयोग गर्ने, अरु मानिसले छुने ठाउँमा छोएपछि हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । 
 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्