पुस्तक अभावबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडाैं, असार २० : राष्ट्रियसभाका सांसदहरुले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्।सभाको आजको बैठकको...
काठमाडाैं, असार २० : राष्ट्रियसभाका सांसदहरुले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको आजको बैठकको विशेष समयमा सांसद डा. विमला राई पौड्यालले न्यायालय, आयोगलगायत राज्यका संरचना पछिल्लो समयमा कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले भनिन्, 'संसद्ले नागरिकता र कर्मचारीलगायतका ऐन ल्याउन सकेको छैन, सांसदको हैसियतले मलाई चिन्ता छ।'
सांसद बिना पोखरेलले बाढी र पहिराका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको भन्दै प्रभावित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे।
सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बिमा कार्यान्वयन भएनभएकाबारे सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिइन्। उनले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन्।
सांसद नारायणदत्त मिश्रले किसानले मल अभावबारे भोग्दै आएको समस्याबारे सरकारको ध्यानाकर्षण गराए।राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहीबार ११ बजे बस्नेछ।











