एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’
काठमाडौं, कात्तिक २७ : एनसेलका प्रिपेड ग्राहकले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्नेछन्।
ए....

काठमाडौं, कात्तिक २७ : एनसेलका प्रिपेड ग्राहकले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्नेछन्।
एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यसअन्तर्गत ग्राकहले करबाहेक प्रतिमिनेट एक रुपैयाँको दरमा देशभित्र सम्पूर्ण नेटवर्कमा कल गर्न सक्नेछन्।
यो अफरबाहेक विद्यमान शुल्कअनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा करबाहेक प्रतिमिनेट एक रुपैयाँ ९९ पैसा लाग्छ।
यो ‘अल नेट भ्वाइस प्याक’ कात्तिक २६ गतेदेखि संचालनमा आएको एनसेलले जनाएको छ।
यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम करबाहेक २० (कर सहित रु २५.५४) मा लिन सक्छन्। यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो।
यो प्याक लिन एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गर्न सकिनेछ। प्याक लिएपछि २४ घन्टाका लागि मान्य हुनेछ।
यो अफर माघ २६ गतेसम्म संचालनमा रहने एनसेलले जनाएको छ।










-1754206481.jpg)
