Kathmandu Press

विनोद शाही मृत्यु प्रकरण : सदरमुकाममा स्थानीयको नाराबाजी, प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर

काठमाडौं, असार २० : अछामको पञ्चदेवल नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् । सोमबार...
विनोद शाही मृत्यु प्रकरण : सदरमुकाममा स्थानीयको नाराबाजी, प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर

काठमाडौं, असार २० : अछामको पञ्चदेवल नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् । सोमबार आन्दोलित स्थानीयले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत परिसरमा नाराबाजी गरेका हुन्। 

घटनाका आरोपिलाई बचाउन सरकारी वकिल कौशल ढुंगानाले मुद्दालाई अदालतसम्म नपुर्याउन दबाब दिएको भन्दै पीडित पक्षले अदालत र सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन गरका हुन्। 

प्रदर्शनकारीलाई रोक्नका लागि प्रहरीले अश्रुग्याँस र केही राउन्ड हवाइ फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियुक्तलाई अदालत पेश गर्ने तयारी भइरहेको बेला नाराबाजी गर्दै स्थानीयबासीृल अदालत घेराउ गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको जानकारी दिएका छन् । 

उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्याँस र हवाई फायर गरेको छ। प्रहरीले बल प्रयोग गर्दा केही स्थानीय घाइते भएका छन्। 

गत जेठमा घरबाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए ।शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्