माओवादीको केन्द्रीय समिति बैठक जारी, प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि छलफल हुँदै
काठमाडाैं, असार २० : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो। आजको बैठकमा अध्यक्ष...
काठमाडाैं, असार २० : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ। बैठक भोलिसम्म चल्नेछ।
प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ। पहिलो दिनको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेस प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गर्नुभएको थियो।
आइतबारको बैठकमा नेताहरुले पार्टीभित्रको सांगठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका थिए। गत पुसमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन।











