Kathmandu Press

सिसिटिभी फुटेज हटाइएकोमा ओलीको आपत्ति, निष्पक्ष छानबिन गर्न माग

प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै ओलीले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा भएको घटनाबारे निष्पक्ष देखिने छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने, उक्त समितिले बनाएको प्रतिवेदन सम्मानित सदनमा पेस गर्नुपर्ने माग राखे। 
सिसिटिभी फुटेज हटाइएकोमा ओलीको आपत्ति, निष्पक्ष छानबिन गर्न माग

काठमाडौं, असार २० : प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्रालयले बजेट बनाउँदा अनधिकृत मान्छे प्रवेश गराएर सूचना चुहाएको र त्यसको सिसिटिभी फुटेज हटाएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा सम्बोधन गर्दै उनले बजेट के आयो कस्तो आयो भन्दा पनि कसरी आयो भनेर हेनुपर्ने बताउँदै उनले अनधिकृत मान्छेलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर बनाएको बजेटबारे संसदमा प्रश्न उठाउँदा पनि सरकारको ध्यानाकर्षण हुन नसकेको बताए। सिसीटिभीको फुटेज माग्दा एमाले कोहो भनेर ललकारेको भन्दै उनले आक्राेश व्यक्त गरे। 

‘गृह मन्त्रालयले बनाएको नियमअनुसार सिसीटिभी फुटेज कहिले हटाउने भन्ने कुरा कसले मान्नुपर्ने? सडकमा मकै पोल्नेले मान्नुपर्ने? अर्थ मन्त्रालय र अर्थमन्त्रीले मान्नुनपर्ने? सिसीटिभी फुटेज माग्ने को हो भन्ने?’ उनले भने, ‘यस्तो गम्भीर प्रश्न उठिरहेका बेला अर्थतन्त्रको आधारभूत मूल्यमान्यता असिमतलाई लुट्ने काम भयो, आर्थिक अनुशासनहीनता, अराजकताको योभन्दा अर्को उदाहरण हुनै सक्दैन। बजेट बाहिरका मान्छे व्यापारीका प्रतिनिधि राखेर बनाइन्छ भने अन्तार्राट्रिय जगत्मा त्योभन्दा लज्जाजनक विषय के हुन्छ? देशको अर्थतन्त्रलाई डामाडोल पार्ने क्रियाकलाप हो यो। देशमाथिकै दुर्भाग्य हो।’

प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै उनले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा भएको घटनाबारे निष्पक्ष देखिने छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने, उक्त समितिले बनाएको प्रतिवेदन सम्मानित सदनमा पेस गर्नुपर्ने माग राखे। यस विषयमा अरू जवाफदेही भएनन् भने प्रधाननमन्त्री जवाफदेही हुनुपर्ने उनको भनाइ थियो। गठबन्धन जोगाउने नाममा अरु सबै बर्बाद पार्न नहुने भन्दै उनले प्रधानमन्त्रीलाई सचेत गराए। 

मन्त्रालयमा बजेट बनाउँदा अर्थसचिव, सहसचिव र उच्चपदस्थ कर्मचारीहरू त्यही बस्नुपर्ने, गोप्यताको मामिलालाई पालना गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए। अहिलेको बजेट देशको बजेट नभएर व्यापारीको बजेट, दुईचारवटा घरानाको बजेट भएको आरोप उनले लगाए।     

अनुहार हेरेर निश्चित घरानालाई फाइदा पुग्नेगरी बजेट किन ल्याइयो भनी उनले प्रश्न गरे। उत्पादन वृद्धिको स्ट्राटेजी, राष्ट्रिय आत्मनिर्भरताको स्ट्राटेजी, आयात घटाउने निर्यात बढाउने स्ट्राटेजी आदिका आधारमा बजेट बन्नुपर्नेमा बेग्लै उद्देश्यका लागि अहिलेको बजेट बनेको उनको भनाइ थियो।

करका दरहरूको घटबढ गर्दाे, अन्तःशुलकसम्बन्धी व्यवस्था मिलाउँदा बदनियतका साथ गरिएको र बजेट निर्माणमा मर्यादालाई लत्याएको उनले बताए। 

कुनकुन उद्योगलाई छुट दिनुपर्छ कुनकुन उद्योगलाई सुकाउने भनेर योजनाका साथ बजेट आएपछि संसदमा प्रश्न उठ्दा पाि उचित जबाफ नआएको भन्दै उनले आक्रोश व्यक्त गरे। थीतिअनुसार सरकार चल्नुपर्छ भन्नेलाई उल्टै धम्काइएको भन्दै उनले त्यस्तो प्रवृत्तिको विरोधसमेत गरे।  

 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्