Kathmandu Press

लैनचौरस्थित भारतीय दूतावासमा भारतीय प्रहरीद्वारा आफैंले गोली हानी आत्महत्या

काठमाडौं, असार २० : काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा एक भारतीय प्रहरीले आत्महत्या गरेका छन्।आज (सोमबार) बिहान साढे ६ देखि ७ बजेको बीचमा दूतावासभित्र...
लैनचौरस्थित भारतीय दूतावासमा भारतीय प्रहरीद्वारा आफैंले गोली हानी आत्महत्या

काठमाडौं, असार २० : काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा एक भारतीय प्रहरीले आत्महत्या गरेका छन्।

आज (सोमबार) बिहान साढे ६ देखि ७ बजेको बीचमा दूतावासभित्र ड्युटीमा रहेको ती भारतीय प्रहरीले आफैंले गोली चलाएर आत्महत्या गरेको विश्वस्त स्राेतले जनाएकाे छ। उनी इन्डियन आर्मीको कमान्डो भएको प्रहरीका दूतावास स्राेतले जानकारी दिएका छन्। 

उक्त घटनाबारे सत्यतथ्य बुझ्न नेपाल प्रहरी अपराध महाशाखाको टोली दूतावासभित्र प्रवेश गरेको छ। सो  घटनापछि दूतावासबाहिर रहेको कर्मचारीहरुलाई  दूतावासभित्र पस्न नदिइएको स्राेतको भनाइ छ।

दूतावासको घटनामा भारतीय पक्षले नै अनुसन्धान गरी शवको जिम्मा लिने बताइएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

झन्डै आठ वर्षअघि पिन साेही दूतावासमा यसैगरी एक सुरक्षा गार्डले आफैंलाई गोली चलाएर आत्माहत्या गरेका थिए।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्