रोष्ट्रमबाट ओलीले भने – अब चाहीँ अति नै भयो
सोमबार प्रतिनिधि सभामा बोल्दैै उनले सरकार पक्षले जनतामा अफवाह फैलाएका कारण संसदमा आफै उपस्थित भएर प्रष्ट पार्नपरेको बताएका हुन्।
काठमाडौं, असार २० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले अति नै गरेपछि आफू संसदमा उपस्थित हुनपरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दैै उनले सरकार पक्षले जनतामा अफवाह फैलाएका कारण संसदमा आफै उपस्थित भएर प्रष्ट पार्नपरेको बताएका हुन्।
‘एकजना सत्तापक्ष सांसदले संसदबाट इनफ इज इनफ भन्नुभएको थियो, अहिले चाही इनफ भयो। सरकारले अति नै गर्यो,’ उनले भने।
ओलीले जनताई गुमराहमा राख्नेकुरा राज्यले गर्न नपाउने बताए । उनले ओली र एमालेको नाम लिएर विभिन्न भ्रमपूर्ण सूचना राज्यले फैलाएको आरोप लगाए ।
प्रकाशित मिति: १३:३८ बजे, सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार