प्रतिनिधिसभाको बैठक सुरु
काठमाडाैं, असार २० : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज (सोमबार) अपराह्न १ बजेका लागि डाकिएको बैठक केही ढिलो गरी सुरु भएकाे हो।...
काठमाडाैं, असार २० : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज (सोमबार) अपराह्न १ बजेका लागि डाकिएको बैठक केही ढिलो गरी सुरु भएकाे हो।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभाका सचिव श्री गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ। ती विधेयकहरु विनियोजन विधेयक २०७९, आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९, ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ हुन्।
त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएका (क) औषधि (तेस्रो संशोधन) विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९, रेल्वे विधेयक २०७९ सन्देशसहितको टेबुल गर्ने कार्यसूची छ।
प्रधानमन्त्री देउवाले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेस गर्नेछन्।
कानून, न्याय तथा मानव अधिकार समितिका सभापति श्री कृष्णभक्त पोख्रेलले निम्निलिखित प्रतिवेदन पेस गर्नेछन्:
(क) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९
(ख) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९











