आजकाे प्रतिनिधिसभा बैठकमा ओलीले सम्बाेधन गर्ने
काठमाडौं, असार २० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) संसदमा सम्बोधन गर्दैछन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
काठमाडौं, असार २० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) संसदमा सम्बोधन गर्दैछन्।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए।
अमेरिकाी स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झौता आफू नेतृत्वको सरकारका पालामा भएको भन्ने विषयमा छरिएको भ्रमबारे अध्यक्ष ओलीले स्पष्ट पार्ने उनको भनाइ छ।
अर्थ मन्त्रालयबाट बजेटका सूचना चुहाइएको सिसिटिभी फुटेज गायब गराएको भन्ने विषयसँगै अन्य समसामयिक राजनीतिक परिस्थितिबारे उनले बोल्ने तयारी भएको उनको भनाइ छ।
प्रकाशित मिति: १२:४६ बजे, सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











