जसपाका प्रदेश सांसद यादवसहित २ नेता साधारण सदस्य समेत नरहने गरी निष्कासित
जनकपुरधाम, असार २० : जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश सांसदसहित दुई जनालाई कारवाही गरेको छ। जसपाको जिल्ला समन्वय समितिले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश...
जनकपुरधाम, असार २० : जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश सांसदसहित दुई जनालाई कारवाही गरेको छ।
जसपाको जिल्ला समन्वय समितिले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य कोैशल कुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशल कुमार यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएको छ।
महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यी दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले दुई नेतालाई निष्कासन गरेको हो।
यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: १२:४० बजे, सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











