प्रचण्डको प्रतिवेदनमा धारणा राख्न केन्द्रीय सदस्यलाई २ मिनेट समय
काठमाडौं, असार २० : नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो...
काठमाडौं, असार २० : नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रचण्डले पेस गरेको संक्षिप्त प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन् । केन्द्रीय सदस्यहरुलाई धारणा राख्नका लागि प्रचण्डले दुई मिनेटको समय दिएका छन् । संक्षिप्त प्रतिवेदन भएका कारण समूहगत छलफल नहुने भएको छ।
प्रचण्डले पेस गरेको प्रतिवेदनमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी संघ र प्रदेश सभाको निर्वाचन र पार्टीको रणनीति, अन्य राजनीतिक दल, गठबन्धनको समीक्षा लगायतका विषय उल्लेख छ।
आइतबार प्रचण्डले बैठकका एजेण्डा प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: १२:०३ बजे, सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











