माछापुच्छ्रे बैंकले विस्तार गर्यो थप ११ शाखा
काठमाडौं, कात्तिक २८ : माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालय संचालनमा ल्याएको छ।
बैंकले चितवनको हाकिमचोक, पर्सा, नवलपर....

काठमाडौं, कात्तिक २८ : माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालय संचालनमा ल्याएको छ।
बैंकले चितवनको हाकिमचोक, पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहिको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवामा शाखा स्थापना गरेको हो। त्यस्तै, दाङको तुल्सीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा स्थापना गरेको बैंकले जनाएको छ।
बैंकका अध्यक्ष वीरेन्द्रप्रसाद महतो र सम्बन्धित नगरपालिका जनप्रतिनिधिले शाखा उद्घाटन गरेका हुन्।
नयाँ शाखामार्फत कर्जा, निक्षेपलगायत अन्य सम्पूर्ण बैंकिङ सुविधाको उपलब्ध गराउने जनाएको छ। त्यस्तै, नयाँ शाखामा २४सै घन्टा एटीएम सेवा पनि उपलब्ध हुने जनाएको छ।
अहिलेसम्म बैंकका एक सय ४४ शाखा तथा एक सय ३३ शाखारहित बैकिङ सेवा उपलब्ध गराउदै आएको छ।










-1754206481.jpg)
