Kathmandu Press

आईतबारदेखीमात्रै मौसममा सुधार आउने 

काठमाडौं, माघ २५ : विगत तीन दिनदेखि जारी रहेको बर्षा र हिमपात अझै दुई दिनसम्म लम्बिने भएको छ । 

पश्चिमी वायुको प्रभावका कारण  बुधब....

आईतबारदेखीमात्रै मौसममा सुधार आउने 
रिवाज राई

काठमाडौं, माघ २५ : विगत तीन दिनदेखि जारी रहेको बर्षा र हिमपात अझै दुई दिनसम्म लम्बिने भएको छ । 

पश्चिमी वायुको प्रभावका कारण  बुधबारदेखि देशभर मौसम बद्ली भैरहेको छ । आईतबारबाट मात्रै काठमाडौं उपत्यका लगायतका मुलुक विभिन्न भेगमा मौसम सुधार हुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘आईतबारबाट देशका केही स्थानमा बाहेक मौसम सुधार हुन्छ’ मौसमविद् राजु प्रधानांगले बताए ।

आज देशभर मौसम सामान्य देखि पूर्णरुपमा बदली भइरहेको छ । अहिले देशका अधिकांश स्थानहरुमा मअि हल्का त कहि मध्यम बर्षा भइरहेको छ । आज राती केही क्षेत्रमा भने भारी वर्षा हुने पनि सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
 

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, माघ २५, २०७५