Kathmandu Press

जसपाले सरकारबाट फिर्ता बोलायो तीन मन्त्री

काठमाडौं, असार २० : जनता समाजवादी पार्टी (जसपा)ले तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ।कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र...
जसपाले सरकारबाट फिर्ता बोलायो तीन मन्त्री

काठमाडौं, असार २० : जनता समाजवादी पार्टी (जसपा)ले तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।

जसपाले सरकारमा जाने तीन मन्त्री समेत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिसकेका छन्। नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको बताइएको छ। 

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीमण्डल हेरफेर गरेपछि जसपाले पनि मन्त्री फेरबदल गरेको हो। 

प्रकाशित मिति: १०:१७ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्