Kathmandu Press

बंगलादेशका राष्ट्रपति हमिदद्वारा फेवा तालमा बाेटिङ

पोखरा, कात्तिक २८ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको फेवा तालमा डुंगा शयर गरेका छन्।

बिहीबार पोखरा पुगेका उनले आफ्नो भ्रम....

बंगलादेशका राष्ट्रपति हमिदद्वारा फेवा तालमा बाेटिङ
रासस

पोखरा, कात्तिक २८ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको फेवा तालमा डुंगा शयर गरेका छन्।

बिहीबार पोखरा पुगेका उनले आफ्नो भ्रमण दलका सदस्यसँगै फेवा तालमा डुंगा शयर गरेका हुन्। उनी डुंगा शयरमा रमाइएको देखिन्थे।

चार दिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा ओर्लिएका थिए।

त्यहाँबाट फिस्टल लजमा पुगेका उनले केहीवेर आराम गरेका थिए। त्यसपछि डुंगा शयरमा निस्केका हुन्।

पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिद रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुग्नेछन्। त्यहाँबाट सुन्दर हिमश्रृंखलाको अवलोकन गर्ने जनाएको छ।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, कात्तिक २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्