Kathmandu Press

आज पनि बस्दै माओवादी केन्द्रीय समिति बैठक

आज पनि बस्दै माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं, असार २० : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्न लागेको छ।

काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि शुरु भएको बैठक आज पनि जारी रहने भएको छ। आइतबारको बैठकले तीन सय ७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ।

त्यस्तै, ८६ वैकल्पिक केन्द्रीय सदस्य पनि टुंगिएका छन्। केही केन्द्रीय विभागका सदस्यको पनि टुंगो लागेको छ। अब माओवादी पदाधिकारी चयन गर्न बाँकी छ।

आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। त्यसमाथि प्रदेश इन्चार्जहरुले बोलेका थिए। उनीहरुले प्रदेशको रिपोर्टिङ गरेका थिए।

आज पनि त्यसमाथि छलफल हुने जनाएको छ।

प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्