नयाँ १७ डीआईजीको पदस्थापन, को कहाँ खटिए?
काठमाडौं, असार २० : प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका १७ डीआईजीको पदस्थपानसँगै विभिन्न एकाइमा खटाएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार अशोक सिंह विशेष...
काठमाडौं, असार २० : प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका १७ डीआईजीको पदस्थपानसँगै विभिन्न एकाइमा खटाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साईबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेश प्रमुख तोकिएका छन्।
त्यस्तै, रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेललाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुखमा खटाइएको छ।


प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











