Kathmandu Press

बालबालिकालाई आयो २२ लाख ९९ हजार डोज खोप

काठमाडौं, असार २० : बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको २२ लाखभन्दा बढी डोज नेपाल आइपुगेको छ।कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको...
बालबालिकालाई आयो २२ लाख ९९ हजार डोज खोप

काठमाडौं, असार २० : बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको २२ लाखभन्दा बढी डोज नेपाल आइपुगेको छ।

कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए।

उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइनेछ।

यो खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने उनले बताए।

यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० डोज आएको थियो। सरकारले ५  देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ।

पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो। सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ।

यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ।

 

प्रकाशित मिति: ०६:४५ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्