Kathmandu Press

पार्टी साधारण सदस्यसमेत नरहने गरी प्रदेशसभा सदस्यलाई जसपाको कारवाही 

पार्टी साधारण सदस्यसमेत नरहने गरी प्रदेशसभा सदस्यलाई जसपाको कारवाही 

काठमाडौं, असार  १९  : जनता समाजवादी पार्टी नेपाल (जसपा) ले स्थानीय निर्वाचनमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एक जना प्रदेशसभा सदस्यलाई साधारण सदस्य समेत समेत नरहने गरी पार्टीबाट निष्काशनको घोषणा गरेको छ । 

महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्य समेत नरहनेगरी कारबाहीको घोषणा गरेको हो ।

आइतबार बसेको बैठकले उनलाई निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीसँगै संघीय शिक्षक फोरमका कौशल कुमार यादवलाई पनि निष्काशन गरिएको छ।  

प्रकाशित मिति: २०:२३ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्