Kathmandu Press

माओवादीले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगायाे

काठमाडाैं, असार १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ।आइतबार बसेकाे पार्टीको केन्द्रीय समितिको बैठकमा...
माओवादीले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगायाे

काठमाडाैं, असार १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ।

आइतबार बसेकाे पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन्।

केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन्।

समितिमा ३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ। त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ।

 

प्रकाशित मिति: २०:१९ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्