Kathmandu Press

मन्त्रीमण्डल पुनः हेरफेर हुने, जसपाबाट बन्दैछन् यी तीन मन्त्री 

जनता समाजवादी पार्टी, नेपालबाट तीन मन्त्री हेरफेर गर्दै देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् ।
मन्त्रीमण्डल पुनः हेरफेर हुने, जसपाबाट बन्दैछन् यी तीन मन्त्री 

काठमाडौं, असार १९ : प्रधानमन्त्री  शेरबहादुर देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । 

जनता समाजवादी पार्टी, नेपालबाट तीन मन्त्री हेरफेर गर्दै देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् । 

बालुवाटार स्रोतका अनुसार जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी मन्त्री, मोहमद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री र प्रदिप यादव वन तथा वातावरण मन्त्री नियुक्त हुने छन् । 

हाल रेनुकुमारी यादव भौतिक पूर्वाधारमन्त्री, महिन्द्र राय यादव कृषिमन्त्री  र रामसहायप्रसाद यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।  

यसअघि प्रधानमन्त्री देउवाले गत असार १२ गते समाजवादीबाट केही मन्त्रीको हेरफेर गरेका थिए । 

प्रकाशित मिति: २०:०६ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्