नेकपाका पाँच सचिवालय सदस्यबीच भेटवार्ता
काठमाडाैं, असार १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ। अाइतबार तत्कालीन नेकपा) का पाँच सचिवालय सदस्यबीच हात्तीवनस्थित...
काठमाडाैं, असार १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ। अाइतबार तत्कालीन नेकपा) का पाँच सचिवालय सदस्यबीच हात्तीवनस्थित एक अपार्टमेन्टमा भेट भएको हाे।
भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतम रहेका थिए।
उनीहरुबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १९:५१ बजे, आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











