Kathmandu Press

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आजपनि  हेर्दाहेर्दैमा

काठमाडौं,  असार १९ : प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा परेको मुद्दालाई सर्वोच्च अदालतले आइतबार पनि हेर्दाहेर्दैमा राखेको छ ।सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार...
आईजीपी नियुक्तिविरुद्धको मुद्दा आजपनि  हेर्दाहेर्दैमा

काठमाडौं,  असार १९ : प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा परेको मुद्दालाई सर्वोच्च अदालतले आइतबार पनि हेर्दाहेर्दैमा राखेको छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

यस मुद्दामा आजसहित चौँथोपटक सुनुवाइ भइसकेको छ । यसअघि जेठ ३०, असार ५ र १३ मा सुनुवाइ भएको थियो ।  वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्