Kathmandu Press

१७ डिआइजीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडाैं, असार १९ : नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पदोन्नति...
१७ डिआइजीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडाैं, असार १९ : नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन। पदोन्नतिपछि दज्र्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन।

यसैबीच दज्र्यानी चिह्न पप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक समारोहका बीच बधाई र निर्देशन दिँदै मन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त रहेको बताए। प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोतसाधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै यहाँले अहिले डिआइजी भएकाबाटै अबको नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिए।

उनले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिस्पर्धा गर्न पदोन्नति भएका अधिकृतलाई निर्देशन दिए। नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उनले बताए। अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ मध्य चार महिला छन। यही असार ८ गते बढुवा सिफारिस समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो।

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्