Kathmandu Press

बजेट निर्माण बेलाको सीसीटीभी फुटेज मेटियो : अर्थ मन्त्रालय  

काठमाडौं, असार  १९ : अर्थ मन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज मेटिएको जनाएको छ ।  सूचनाको हकको उपयोग गर्दै सोहीबारे उपभोक्ता हित संरक्षण...
बजेट निर्माण बेलाको सीसीटीभी फुटेज मेटियो : अर्थ मन्त्रालय  

काठमाडौं, असार  १९ : अर्थ मन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज मेटिएको जनाएको छ ।  

सूचनाको हकको उपयोग गर्दै सोहीबारे उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गरेर निवेदन दिएको थियो ।

जवाफमा आइतबार अर्थ मन्त्रालयले सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने भएकाले मागिएको फुटेज सुरक्षित नरहेको जवाफ लिएको छ ।

‘सीसीटीभी फुटको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जान्छ’, पत्रमा भनिएको छ ।

जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरेफेर गरेको आरोप लागेको थियो । सो विषयलाई लिएर अर्थमन्त्री शर्माको राजीनामा समेत माग हुँदै आएको छ । 
 

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्