राहदानी वितरण सहज बनाउनुपर्ने माग राख्दै युवा संघले बुझायाे ज्ञापनपत्र
काठमाडाैं, असार १९ : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणलाई सहज बनाउनुपर्ने माग राख्दै राहदानी बिभागमा ज्ञापन पत्र बुझाएको...
काठमाडाैं, असार १९ : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणलाई सहज बनाउनुपर्ने माग राख्दै राहदानी बिभागमा ज्ञापन पत्र बुझाएको छ।
आइतबार राहदानी वितरण देखिएको समस्यमा समाधान गर्न माग गर्दै युवा संघले प्रदर्शन सहित बिभागमा ज्ञापन पत्र बुझाएको हो।
उनीहरुले कि रोजगार दे , कि पासपोर्ट दे भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनपछि ज्ञापन पत्र बुझाउदै युवा संघका अध्यक्ष किरण पौडेलले राहदानी वितरणमा भएका समस्याहरु समाधान गर्न माग गरे।
उनले प्रभावकारी सर्भर प्रयोग गरि घरबाटै अनलाईन फर्म भर्ने व्यवस्था मिलाउदै घण्टौ लाइन बस्नुपर्ने बाध्यता हटाउन पनि ध्यानाकर्षण गराए।
अर्जेन्ट राहदानी अतिरिक्त शुल्क लिई तीन दिनभित्र दिने भनिएपनि हप्तादिन लगाउने तर बिचौलियाबाट गएमा तोकिएको समयमा नै हुने गरेकाले यसलाई अन्त्य गर्न पनि माग गरिएको पौडेलले बताए।
ज्ञापन पत्र बुझ्दै बिभागका निर्देशक शरदराज आर्यनले विभागको कामलाई सहज बनाउन आफुहरु तयार रहेको बताए। उनले राहदानी लिनेको संख्या बढेकाले भीड बढेको तर्क गरे।
युवा संघले राहदानी बितरणलाई सहज र सर्वसुलभ तथा झन्झटरहित नवनाए थप दवावका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ।











