Kathmandu Press

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १९ : नेपालमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार १ सय ६२ पिसिआर परीक्षणका क्रममा...
थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १९ : नेपालमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार १ सय ६२ पिसिआर परीक्षणका क्रममा ३९ जना र ९ सय ५८ एन्टिजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप २० संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय १६ जना निको भएका छन्।

हाल नेपालमा ३ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्