Kathmandu Press

निर्धारित समयभित्रै निष्पक्ष र भयरहित ढंगले प्रदेश र संघको निर्वाचन : मन्त्री कार्की

काठमाडाैं, असार १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्धारित समयभित्रै निष्पक्ष र भयरहित ढंगले प्रदेश र संघको निर्वाचन गरिने बताएका छन्।ट्रान्सपरेन्सी इन्टरनेशनल...
निर्धारित समयभित्रै निष्पक्ष र भयरहित ढंगले प्रदेश र संघको निर्वाचन : मन्त्री कार्की

काठमाडाैं, असार १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्धारित समयभित्रै निष्पक्ष र भयरहित ढंगले प्रदेश र संघको निर्वाचन गरिने बताएका छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको सरकारप्रतिको जनविश्वास :  केही विवेचना विषयक छलफल कार्यक्रममा मन्त्री कार्कीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको भन्दै वर्तमान सरकारले नै निर्धारित समयभित्रै निष्पक्ष भयरहित ढंगले प्रदेश र संघको निर्वाचन गर्ने बताएका हुन्।

उनले निर्वाचनपनि जनताको मत अनुसार अर्को सरकार गठन हुने जिकिर गर्नुभयो। वर्तमान सरकार कानूनी शासनलाई कागजी रुप वा भाषणमात्रै नवनाएर व्यवहारमा नै उर्तार्ने दिशामा अग्रसर रहेको उनले बताए।

उहाले आवधिक निर्वाचनमार्फत निर्माण हुने सरकारले आफुले गरेको बाचा पुरा गरेको छ वा छैन भनेर जवाफदेही बनाउने काम नागरिकको भएको धारणा राखे।

मन्त्री कार्कीले मुलुकमा भएका स्रोत र साधनलाई अवसरको रुपमा परिचालन गरेर १० बर्षभित्र नेपाललाई दक्षिण एसियाली मुलुकमा नै धनि मुलुक बनाउन सवै अग्रसर हुनुपर्ने बताए। 

कार्यक्रममा पूर्वनायब महालेखा परीक्षक रामबाबु नेपालले सरकारप्रतिको जनविश्वास विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: १७:०० बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्