माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकियाे
काठमाडाैं, असार १९ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा तीन दिन चल्ने भनिएको बैठकको आज...
काठमाडाैं, असार १९ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा तीन दिन चल्ने भनिएको बैठकको आज (आइतबार) पहिलो दिन हो।
आजको बैठकले पार्टीभित्रैबाट भएको अन्तर्घात र सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसमा इमान्दारी अभाव हुँदा लक्ष्यअनुरूप नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ।
बैठक सुरूमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौवटा एजेन्ड प्रस्तुत गरेका थिए। उनले आगामी निर्वाचनका लागि सत्तारूढ गठबन्धनबाहेक अर्को मोर्चाको पनि परिकल्पना गरेका छन्। उनले केन्द्रीय कमिटीमा पेस गरेको प्रतिवेदनमा मोर्चाबारे उल्लेख छ।
‘उत्पादक शक्तिको विकास गर्दै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणमार्फत समाजवादको आधार तयार पार्ने पार्टीको आजको रणनीति हो,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘समाजवादी कार्यदिशा अबलम्बन गर्ने न पार्टी, शक्ति र व्यक्तित्वहरुको तत्कालको मोर्चा निर्माण आजको आवश्यकता हो।'











