Kathmandu Press

विनोद शाही मृत्यु प्रकरण : पञ्चदेवल विनायककी मेयरसहित ७ जना पक्राउ 

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले नगरप्रमुख चलाउने सहित ७ जना आरोपी पक्राउ परेको पुष्टि गरेका छन् ।
विनोद शाही मृत्यु प्रकरण : पञ्चदेवल विनायककी मेयरसहित ७ जना पक्राउ 

काठमाडौं, असार १९ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही हत्यामा संलग्न रहेको आरोप लागेका थप दुई  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल नगरपालिकाका प्रमुख अम्बिका चलाउने र नेत्र शाहीलाई  पक्राउ गरिएको हो। 

प्रहरीले शाहीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई यसअघि नै पक्राउ गरेको थियो । यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या ७ जना पुगेको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले नगरप्रमुख चलाउने सहित ७ जना आरोपी पक्राउ परेको पुष्टि गरेका छन्  । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । ‘अहिले उहाँहरुमाथि लागेको आरोप पुष्टि भइसकेको छैन, अनुसन्धानकै क्रममा छौं । नाम खुलाउन उचित नहोला,’ प्रहरी निरीक्षक विष्टले काठमाडौं प्रेससँग भने। 
 
जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

प्रकाशित मिति: १५:२६ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्