Kathmandu Press

एसपिपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी : परराष्ट्र मन्त्रालय

काठमाडौं, असार १९ : परराष्ट्र मन्त्रालयले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ।आज (आइतबार)...
एसपिपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी : परराष्ट्र मन्त्रालय

काठमाडौं, असार १९ : परराष्ट्र मन्त्रालयले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ।

आज (आइतबार) मन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले त्यस्तो बताएकी हुन्।

सरकारको निर्णय मन्त्रालयलाई प्राप्त भएको तर अमेरिका पठाइनसकेको बताउँदै उनले त्यसबारे अध्ययन भइरहेको र उपयुक्त समयमा कूटनीतिक माध्यमबाट पत्र पठाउने बताइन्। 

‘सरकारको निर्णयबारे अध्ययन भइरहेको छ, पठाउने भन्नेबित्तिकै हुँदैन। पहिले केके भएको थियो भन्नेबारे पनि बुझ्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई कूटनीतिक माध्यमबाट पत्राचार गर्छौं।’

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको पनि जनाएको छ।  ‘प्रधानमन्त्रीको भ्रमणको कुरा चलिरहेको छ, यो भ्रमण अपेक्षित छ,’ प्रवक्ता लम्सालले भनिन्।

भ्रमणका लागि मिति तय हुन समय लाग्ने पनि र उपयुक्त समयमा यसबारे थप जानकारी दिने उनले बताइन्।

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्