सम्बन्धित जिल्लाबाटै सेवा लिन राहदानी विभागकाे आग्रह
काठमाडाैं, असार १९ : राहदानी विभागले सेवाग्राहीहरुलाई सम्बन्धित जिल्लाबाटै सेवा लिन अनुरोध गरेको छ। आज (आइतबार) विभागले एक सूचना जारी गरेर धेरै सेवाग्राहीहरुलाई सेवा...
काठमाडाैं, असार १९ : राहदानी विभागले सेवाग्राहीहरुलाई सम्बन्धित जिल्लाबाटै सेवा लिन अनुरोध गरेको छ।
आज (आइतबार) विभागले एक सूचना जारी गरेर धेरै सेवाग्राहीहरुलाई सेवा दिने अभिप्रायले सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको भन्दै अत्यन्त जरुरी परेका सेवाग्राहीहरूबाहेकलाई काठमाडौंमा नआउन अनुरोध गरेकाे हाे।
‘जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकाले काठमाडौं उपत्यका भित्रका जिल्लामा र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्न सुनिश्चितता मिनाइएको छ,’ विभागका निर्देशक शरदराज आरणद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यसर्थ अत्यन्त जरुरी परेका सेवाग्राहीहरूले राहदानी विभागमा आवेदन गर्न र अन्य कम जरूरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालया प्राप्त गन सकिने हुदा सो सेवा लिनुहन सेवाग्राहीमा अनुरोध छ।’
विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको जनाएको छ। विभागले सार्वजनिक बदिाको दिनमा समेत सेवाग्राहीहरुलाई सेवा दिएको पनि बताएको छ।
राहदानी विभागले प्रत्येक दिन बिहान ९ बजे देखि साँझ ६ बजेसम्म सेवा दिइरहेको छ। हाल दैनिक रुपमा विभागमा आवेदन गर्नेको संख्या करीब २४ सय रहेको, राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य इमर्जेन्सी कार्यको लागि गरी दैनिक ५ हजारभन्दा बढी सेवाग्राहीहरुलाई विभागले सेवा प्रदान गरिरहेको छ। विभागले हाल दैनिक रुपमा ६५ सय राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको छ।
राहदानी विभागले सदैव बढीभन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिन तत्पर रहेको र सोही अनुरूप अधिकतम समय कार्य गरी सेवा दिइरहेको जनाएको छ। विभागका आुसार राहदानी सेवालाई छिटो, छरितो र सरल तुल्याउन राहदानी विभाग सधै क्रियाशिल रहेको छ।
शुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ताभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइसकिएको विभागको भनाइ छ। विभागले सेवाग्राहीहरुको सहजताका लागि प्रत्येक दिन २४ सय जनाले अनलाईनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको छ।
सबै सेवाग्राहीहरु विहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउन पनि विभागले अनुरोध गरेको छ।











