Kathmandu Press

महानगरले गाडा खोसेको दम्पत्तीलाई कांग्रेस नेता मोहन बस्नेतको आर्थिक सहयोग 

काठमाडौं, असार १९ : काठमाडौंको बालुवाटारमा मकै बिक्रि गर्ने क्रममा काठमाडौं महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहन बहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन्। सिन्धुपाल्चोक...
महानगरले गाडा खोसेको दम्पत्तीलाई कांग्रेस नेता मोहन बस्नेतको आर्थिक सहयोग 

काठमाडौं, असार १९ : काठमाडौंको बालुवाटारमा मकै बिक्रि गर्ने क्रममा काठमाडौं महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहन बहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन्। 

सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्नेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रुपैया सहयोग गरेका हुन्। 

नगरपालीकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए। उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरि व्यवसाय गर्न सुझाव दिए। 

त्यस्तै चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गरे।  

प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरुको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रकाशित मिति: १४:१२ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्