एमालेको सचिवालय बैठक सुरु, आगामी निर्वाचनको तयारीबारे छलफल हुने
काठमाडौं, असार १९ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा आगामी निर्वाचनको तयारीबारे...
काठमाडौं, असार १९ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा आगामी निर्वाचनको तयारीबारे मुख्य छलफल हुने जनाइएकाे छ।
शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले एजेन्डा छनोट गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
बैठकमा प्रचारप्रसार व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायत विषयमा छलफल र निर्णय हुने जनाइएको छ।
प्रकाशित मिति: १३:३० बजे, आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











