माओवादीको केन्द्रीय कमिटी बैठक सुरू, छलफलका लागि ९ एजेन्डा प्रस्तुत
प्रज्ञा भवनमा बसिरहेको बैठकमा छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौवटा एजेन्डा प्रस्तुत गरेका छन्।
काठमाडाैं, असार १९ : माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ।
प्रज्ञा भवनमा बसिरहेको बैठकमा छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौवटा एजेन्डा प्रस्तुत गरेका छन्।
ती एजेन्डा यसप्रकार छन् :
१. महान सहिदहरुप्रति श्रद्धाञ्जली
२. केन्द्रीय कमिटीका नयाँ सदस्यहरुको शपथ ग्रहण
३. बैठक सञ्चालनबारे अध्यक्षबाट जानकारी
४. प्रदेशका तर्फबाट अध्यक्षहरु र मधेस प्रदेशका हकमा इन्चार्जबाट संक्षिप्त रिपोर्टिङ
५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट
६. संगठनात्मक विषय (क) पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन (ख) कार्यविभाजन र संरचना
७. स्थानीय निर्वाचनको समीक्षा
८. आगामी प्रदेश र संघको निर्वाचको तयारी
९. विविध
यीबाहेक केन्द्रीय सदस्यहरू थपघट गर्न सकिने व्यवस्था रहेको पनि अध्यक्ष प्रचण्डले जानकारी दिए। उनले महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य निर्वाचित गरेकाे र पहिलाे केन्द्रीय कमिटी बैठकले सबैलाई शपथ गराएर अध्यक्ष पनि चयन गरेका जानकारी दिए।
दाेस्राे बैठकले केही सदस्य थप गरेकाे र साेही बैठककाे निर्देशनअनुसार बीचमा थप भएका सदस्यहरूलाई शपथ ग्रहण गराए। त्यसपछि सञ्चारकर्रमीलाई बैठक हलबाट बाहिर जान अनुराेध गरिएकाे थियाे।











