Kathmandu Press

विनोद शाही मृत्यु प्रकरण : आरोपी पक्राउ नगरेको विरोधमा ५ दलद्वारा यातायात बन्दको घोषणा 

काठमाडौं, असार १९ : अछामको पञ्चदेव विनायक नगरपालिका– ४ का १५ वर्षीय बिनोद शाही प्रकरणमा आरोपीलाई पक्राउ नगरेको भन्दै पाँच दलले जिल्लाभर सवारी साधन...
विनोद शाही मृत्यु प्रकरण : आरोपी पक्राउ नगरेको विरोधमा ५ दलद्वारा यातायात बन्दको घोषणा 

काठमाडौं, असार १९ : अछामको पञ्चदेव विनायक नगरपालिका– ४ का १५ वर्षीय बिनोद शाही प्रकरणमा आरोपीलाई पक्राउ नगरेको भन्दै पाँच दलले जिल्लाभर सवारी साधन बन्द गराएका छन् । 

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आइतबार र सोमबार दुई दिन सवारी साधन बन्दको घोषणा गरेका हुन्।

घटनामा संलग्न व्यक्ति तथा हत्याको योजनाकार समेतका नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भइसकेको पनि महिनौं दिन बितिसक्दा पनि यस कर्तव्य ज्यान मुद्दामा पीडित पक्षहरुबाट किटानी गरिएका व्इक्तिहरुलाई न्यायिक हिरासतमा लिई हत्याको गहिरो अनुसन्धान गर्न र हदै सम्मको सजाय गर्न सम्बन्धित निकायको पटपकट ध्यानाकर्ष गराउँदा पनि प्रहरीले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ। 

संयुक्त विज्ञप्तिमा भनिएको छ,‘शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ती नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द गर्न बाध्य भएका छौं।’


 

प्रकाशित मिति: ११:२२ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्