सभामुख सापकोटा आज स्वदेश फर्कंदै
काठमाडौं, असार १९ : सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन्।सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको...
काठमाडौं, असार १९ : सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन्।सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ ।
अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो ।
सभामुख सापकोटासहितको टोली यही असार १४ गते बाकु प्रस्थान गरेको थियो । सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए ।
बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्ता पनि गरेका थिए ।
नेपाली संसदीय प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन् ।











