Kathmandu Press

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, असार १९: स्थानीय तहको चुनावको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै छ।आज बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा...
माओवादीको केन्द्रीय समिति बैठक बस्दै
फाइल फोटो

काठमाडौं, असार १९: स्थानीय तहको चुनावको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै छ।

आज बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्न लागेको कार्यालय सचिव श्रीराम ढकालले बताए। उनका अनुसार बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विषयमा छलफल हुनेछ।

माओवादीको गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो। अध्यक्षबाहेकका पदाधिकारी अझै चयन हुन सकेको छैन।

माओवादीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ। त्यस्तै, स्थायी कमिटी र पोलिटब्यूरो गठन हुन पनि बाँकी नै छ।

यससँगै आगामी संघ र प्रदेश सभाको चुनावका विषयमा पनि छलफल हुने जनाइएको छ। मंसिरभित्रै संघ र प्रदेश सभाको चुनाव गर्ने निर्वाचन आयोगको तयारी छ।

प्रकाशित मिति: ०७:१२ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्