आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार १९: मनसुनी वायुको प्रभावले आज बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...
काठमाडौं, असार १९: मनसुनी वायुको प्रभावले आज बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०७:०२ बजे, आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











